Powered by 1xbet

Recent Reviews

Thursday, September 12, 2019

महिला टोलीलाई पहिलो उपाधि जित्ने अवसर

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय फुटबलमा त्यति लामो इतिहास छैन । तर कम समयमै नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा भने आफ्नो परिचय स्थापित गरेको छ ।



दक्षिण एसियाली फुटबलमा लगभग सबै प्रतियोगितामा भारतभन्दा पछाडि रहेर नेपाल उपविजेता बन्दै आएको छ । नेपालले गतवर्ष कोलकातामा सम्पन्न हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गर्यो । नेपाल उक्त प्रतियोगिताको फाइनलमा पनि प्रवेश गर्यो । तर म्यानमारको चुनौती नेपाललाई भारी पर्यो र नेपाल फेरिपनि उपविजेतामा नै सिमित भयो ।
नेपालले फेरी अर्को आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्दैछ । नेपाल र उज्बेकिस्तानबीच नादेझ्दा कपको फाइनल खेल आज हुँदैछ । खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजे हुनेछ । किर्गीस्तानमा जारि प्रतियोगितामा नेपाल समूह चरणमा २ जित र १ हारसँगै फाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा आयोजक टोलीलाई ८-२ ले पराजित गर्दा दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० को हार बेहोर्यो । अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको थियो ।
नेपालले उज्बेकिस्तानविरुद्ध खेलमा डटेर प्रदर्शन गरेको थियो । उज्बेकिस्तानले जारि प्रतियोगितामा अन्य टोलीविरुद्ध भने गोलवर्षा नै गरेको छ । ताजिकिस्तानलाई १२-० ले हराएको उज्बेकी टोलीले किर्गिस्तानलाई ९-० को अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि दाबेदार उज्बेकिस्तानलाई हराउन नेपाललाई निकै कठिन हुनेछ । अन्तिम खेलपछि एक दिनको विश्रामले टोलीलाई केहि राहत भने पुगेको छ ।
1XBET संग खेल्नुहोस र जित्नुहोस ।
पहिलो रेजिस्टर मा १०० यूरो बोनस पाउनुहोस् ।
प्रोमो कोड : 1x_82173


No comments:

Post a Comment

Pages