इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले पदभार लिएसँगै इकार्डी आफ्नो योजनामा नरहेको बताउँदै आएका थिए । इन्टरले पनि उनलाई अन्यत्र क्लबमा आफ्नो भविष्य खोज्न भनेको थियो । तर इकार्डी र उनकी एजेन्ट तथा पत्नी वान्डा नाराले भने कुनै हालतमा क्लब नछाड्ने बताएका थिए । ट्रान्सफर विन्डोको अन्त्य नजिकिंदै गर्दा पनि प्रशिक्षक कोन्टेले निर्णय परिवर्तन नगरेपछि इकार्डी क्लब छाड्न तयार भएका हुन् ।
इन्टरले पीएसजीको एक सिजन लोन र त्यसपछि खरिद गर्न सक्ने विकल्पसहितको प्रस्ताव स्वीकार गरेको छ । पीएसजीमा हाल मुख्य फरवार्डद्वय किलीयन एमबाप्पे र एडिन्सन काभानी घाइते छन् । अर्का सुपरस्टार नेयमार पनि च्याम्पियन्स लिगका सुरुवाती खेलका लागि उपलब्ध छैनन् । फरवार्डको खोजीमा रहेको थोमस टुचेलको टोलीले इकार्डीलाई आफ्नो मुख्य हतियारको रुपमा हेरेको छ ।
इन्टरका लागि मैदानमा राम्रो प्रदर्शन गरेपनि अनुशासन उल्लंघन गरेका कारण इकार्डी क्लबसँग राम्रो सम्बन्धमा छैनन् । गत सिजन इन्टरले उनलाई कप्तानी पदबाट बर्खास्त गरेको थियो । उनको अझैपनि क्लबसँग २ वर्ष सम्झौता बाँकी रहेको छ ।
Register with 1xbet & Play
Use the promocode for registeration & get 200% bonus
promocode: 1x_82173


No comments:
Post a Comment