Powered by 1xbet

Recent Reviews

Wednesday, September 4, 2019

युभेन्टसको च्याम्पियन्स लिग टोलीमा स्टार खेलाडी अनुपस्थित



इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका प्रशिक्षक मौरिसियो सार्रीले च्याम्पियन्स लिगको समूह चरणको लागि २२ सदस्यीय टोलीको घोषणा गरेका छन् ।





स्टार क्रिस्टियानो रोनाल्डोले २२ सदस्यीय टोलीमा स्थान बनाउदा अघिल्लो सिजन उच्च प्रदर्शन गरेका फरवार्ड मारियो मान्जुकिच र सेन्ट्रल मिडफिल्डर इम्री च्यानले टोलीमा स्थान बनाउन सकेनन् । मान्जुकिचले गत सिजन लिगमा ९ गोल र ७ असिस्ट प्रदान गरेका थिए । च्याम्पियन्स लिगमा ८ खेल खेलेका उनले समूह चरणमा भ्यालेन्सियाविरुद्ध गोल गरेका थिए ।
२२ सदस्यीय टोलीमा सार्रीले यसै सिजन क्लबमा अनुबन्ध भएका खेलाडीहरुलाई प्राथिमकितामा राख्दा अघिल्लो सिजन लोनमा इंग्लिस क्लब चेल्सीसम्म आइपुगेका गोन्जलो हिगुआइनलाई टोलीमा समेटेको छ । कप्तान जर्जियो चिलीयानी चोटका कारण टोलीमा समेटिएका छैनन् । एसीएल इन्ज्युरीका कारण उनी ६ महिना मैदान बाहिर रहनेछन् । च्याम्पियन्स लिगको समूह ‘डी’ मा युभेन्टस, एटलेटिको म्याड्रिड, लोकोमोटिभ मस्को र बायर लेभरकुसेन रहेका छन् ।
युभेन्टस टोली
वोजचिएक सेचेज्नी, माटिया डि स्केजलियो, म्यथिस डि लिग्ट, मिरालेम प्यानिच, सामी खेडिरा, क्रिस्टियानो रोनाल्डो, आरोन राम्सी, पाउलो डिबाला, डगलस कोस्टा, एलेक्स सान्ड्रो, ड्यानिलो, ब्लेइस माटुइडी, जुवान कोर्डाडो, लियोनार्डाे बोनुची, गोन्जलो हिगुआइन, ड्यानिले रुगानी, मेरी डेमीरल, एड्रियन रेविओट, रोड्रिगो बेन्टानकर, कार्लाे पिनसोगलियो, फेडरिको बर्नार्डेसकी र जियानलुजी बुफोन।
1xbet मा दर्ता गर्नुहोस् र बोनस २००% जित्नुहोस्।
बोनस प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्नुहोस्।
प्रोमो कोड:1x_82173



No comments:

Post a Comment

Pages