Powered by 1xbet

Recent Reviews

Thursday, September 12, 2019

नादेझ्दा कप फाइनल : नेपाल विरुद्ध उज्बेकिस्तान

नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा पराजित हुँदै उपविजेता बनेको छ । उपाधि भिडन्तमा नेपाल उज्बेकिस्तानसँग ३-२ ले पराजित भयो ।

उज्बेकिस्तानले खेलको ३९ औं मिनेटमा अग्रता लिएको थियो । मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्डर पुनम जर्घामगरले क्लियर गर्ने प्रयास गर्दा उज्बेकी खेलाडीको खुट्टामा पुगेको थियो । त्यसपछिको पासलाई नेपाली डिफेन्सले बुझ्न नसक्दा वन भर्सेस वनमा गोल गर्दै उज्बेकिस्तान अगाडि बढेको थियो ।
पहिलो हाफमा १-० को अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफको सुरुवातमै अग्रता अझै बढायो । नेपाली डिफेन्स पोजिसनमा नरहेको फाइदा उठाउँदै उज्बेकिस्तानले ५४ औं मिनेटमा अग्रता दोब्बर पार्यो । ६४ औं मिनेटमा फेरी पनि उज्बेकिस्तानले उत्कृष्ट पासको नमुना देखाउँदै ३-० को अग्रता लियो ।
नेपालका लागि सावित्रा भण्डारीले ६७ औं मिनेटमा गोल फर्काइन् । सरु लिम्बु र सावित्राबीच उत्कृष्ट वन-टु पासमा बढेको मुभलाई सावित्राले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै अग्रता घटाएकी थिइन् । ८६ औं मिनेटमा पनि सरुको पासमा सावित्राले गोल गर्ने अवसर पाएकी थिइन् । तर बलमा राम्रो नियन्त्रण हुन नसक्दा डिफेन्सले दबाब दिँदै उनलाई प्रहार गर्ने मौका दिएनन् ।
इन्ज्युरी समयको पहिलो मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । अनिता बस्नेतको प्रहारले उज्बेकी डिफेन्डरको हातमा लागेपछि नेपालले पेनाल्टीको मौका पाएको थियो । तर थप समयमा गोल हुन नसक्दा नेपाल उपविजेतामा सिमित भयो ।
नेपाल यस हारसँगै आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन बनेको छ । यसअघि ६ पटक भारत र १ पटक म्यानमारसँग नेपाल फाइनलमा पराजित भएको थियो । पछिल्लोपटक नेपाल विराटनगरमा आयोजित साफ च्याम्पियनसिपमा भारतसँग फाइनलमा पराजित भएको थियो । त्यसअघि भारतको कोलकातामा भएको हिरो गोल्डकपमा म्यानमार नेपालको लागि बाधक बनेको थियो ।
1XBET संग खेल्नुहोस र जित्नुहोस ।
पहिलो रेजिस्टर मा १०० यूरो बोनस पाउनुहोस् ।
प्रोमो कोड : 1x_82173

No comments:

Post a Comment

Pages